FLASH NEWS
  • Loading...

नेकपाले सार्वजनिक सम्पत्ति बचाऊ अभियान संञ्चालन गर्ने

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • ११४ पटक पढिएको
नेकपाले सार्वजनिक सम्पत्ति बचाऊ अभियान संञ्चालन गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ३ नं जिल्ला समिति काठमाडौंले ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ संञ्चालन गर्ने भएको छ । नेकपाले जिल्लाभित्र भएका सार्वजनिक सम्पत्तिमाथि विभिन्न व्यक्ति र निकायले हडप्न खोजेको भन्दै यसको रक्षाका लागि ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ संञ्चालन गर्ने भएको हो ।

शनिबार सम्पन्न जिल्लाको तेस्रो पूर्ण बैठकले राष्ट्रघात, भ्रष्टाचाररका बिरूद्व सशक्त संघर्ष गर्ने, मिटर व्याजी, लघुवित्तले जनतालाई दिएको हैरानीका बिरूद्व संघर्ष गर्ने, सार्वजनिक सम्पत्ति बचाऊ अभियान संञ्चालन गर्ने, किसान हरूलाई मल र बिऊको अभावले खेप्नुपरेको समस्याका बिरूद्व संघर्ष गर्ने निर्णय गरेको छ ।

साथै, जनआधारित पार्टी, जनआधारित नेता कार्यकर्ताको विकास गर्ने र नयाँ पुस्ताको गतिशिल विशेषतालाई क्रान्तिमा जोड्न संगठन विस्तारमा जोड दिने निर्णय गरेको जिल्ला इन्चार्ज भृकुटी सीले बताइन् । बैठकमा नेकपा पोलिटव्युरो सदस्य प्रज्वल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव दिव्य सीको अध्यक्षता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित