FLASH NEWS
  • Loading...

एमालेले प्रधानमन्त्री र राष्ट्रपतिसंग संसद्मा जवाफ माग्ने

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४८ पटक पढिएको
एमालेले प्रधानमन्त्री र राष्ट्रपतिसंग संसद्मा जवाफ माग्ने

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपति र प्रधानमन्त्रीसंग संसदमा जवाफ माग्ने भएको छ ।राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले संसदमा जवाफ माग्ने भएको हो ।

आज संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा विशेष समयमा बोल्ने तयारी रहेको थियो । तर राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले संसद् छलेर राष्ट्रपतिले असंवैधानिक ढंगबाट विवादास्पद र मृत भइसकेको नागरिकता विधेयक पारित गरिनु सामान्य विषय नरहेको बताए । त्यस्तै प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको राष्ट्रिय अखण्डताविरुद्धको अभिव्यक्ति दिएकोमा माफी मागेर फिर्ता लिनुपर्ने गिरीले बताए ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ । एमालेले भने संविधान र राष्ट्रिय अखण्डाविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका गतिविधिबारे माफी मागेर फिर्ता नलिएसम्म सदनको नियमित कारवाही अघि बढ्न नसक्ने ठहर गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित