FLASH NEWS
  • Loading...

प्रधानमन्त्री प्रचण्डले आज संसदमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४५ पटक पढिएको
प्रधानमन्त्री प्रचण्डले आज संसदमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने

 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सोमबार संसदमा हालै गरेको भारत भ्रमणबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहका लागि लिपुलेप–लिम्पियाधुरालगायतका भूभाग छाड्न सकिने बताएको भन्दै जवाफ मागेको थियो। आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री प्रचण्डले आज स्पष्ट पार्ने उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

‘सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ, प्रधानमन्त्रीले आज स्पष्ट पार्नुहुन्छ,’ गजुरेलले सेतोपाटीसँग भने। सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि अग्रसरता लिएका छन्। घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलले सदन अवरुद्ध गरेपछि सदनबाटै प्रधानमन्त्री र सभामुखबीच कुराकानी भएको बताए।

‘सदनको अवरोध हटाउने विषयमा सभामुखले सबैसँग कुराकानी गर्नुभएको छ, अवरूद्ध हुनेबित्तिकै त्यहीँबाट उहाँले प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो,’ उनले भने, ‘नागरिकताको विषयमा साँझ अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि पनि कुराकानी भयो। प्रधानमन्त्रीले आज सदनमा बोल्छु भन्नुभएको छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित