FLASH NEWS
  • Loading...

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नुहुँदैन : मन्त्री आचार्य

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १५२ पटक पढिएको
धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नुहुँदैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताए । सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै आचार्यले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए ।

उनले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए । उनले भने, ‘राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित