FLASH NEWS
  • Loading...

प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू धार्मिक–पर्यटकीय स्थल खप्तड जाँदै

  • गोल्डेन खबर
  • १ साल अघि
  • २२८ पटक पढिएको
प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू धार्मिक–पर्यटकीय स्थल खप्तड जाँदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू धार्मिक–पर्यटकीय स्थल खप्तड जाँदैछन्। प्रधानमन्त्रीसहितको टोली मंगलबार बिहान ८ बजे प्रस्थान गरेको हो।

प्रधानमन्त्रीको सचिवालयको अनुसार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले प्रधानमन्त्रीसहितको टोली खप्तड क्षेत्र जान लागेको हो। प्रधानमन्त्री पहिला सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा। सञ्जु खड्काको श्रद्धाञ्जलि सभामा सरिक हुनेछन्त्य र त्सपछि खप्तड जाने कार्यतालिका रहेको छ।

खप्तडमा आजदेखि तीन दिवसीय आध्यात्मिक सम्मेलन पनि हुँदैछ। प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा योग गुरू रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण पनि सरिक हुने कार्यक्रम छ। सम्मेलनका अवसरमा योग गुरू रामदेव र आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको बताइएको छ।

तिमिल्सिनाका अनुसार कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि खप्तड जाँदैछन्। खप्तड क्षेत्र सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा परिचित छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्ला संगम स्थलकोरूपमा रहेका यस क्षेत्रमा खप्तड बाबाले तपस्या गरेका कारण पनि प्रशिद्ध छ।

त्यहाँ खप्तड राष्ट्रिय निकुञ्ज पनि छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित