FLASH NEWS
  • Loading...

केबलकारको उद्घाटनका लागी प्रधानमन्त्री प्रचण्ड पुगे बुटवल

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४४ पटक पढिएको
केबलकारको उद्घाटनका लागी प्रधानमन्त्री प्रचण्ड पुगे बुटवल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म बनेको लुम्बिनी केबलकारको उद्घाटनका बुटवल गएका छन् ।

गणतन्त्र दिवसको व्यवसायिक सुरुआत भएको केवलकारको आज औपचारिक रुपमा उद्घाटन हुन लागेको हो । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समूहले ३ अर्बको लागतमा बुटवलमा केवलकार निर्माण गरेको हो । झण्डैं ३ किलोमिटर लामो केवलकार बुटवलको रामफेदी पाल्पाको बसन्तपुर डाँडासम्म रहेको छ । बसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । सो स्थानमा पाँच तारे होटल निर्माण गर्ने योजना रहेको लगानीकर्ता ढकालले जनाए । ढकालसहित बुटवलका केही स्थानीयले समेत केबुलकारमा लगानी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित