FLASH NEWS
  • Loading...

कांग्रेस जनताबाट टाढिदै गएको कुरा स्वीकारदै डा। कोइरालाले भने जनतासँग जोडिने कार्यक्रम ल्याउनु पर्छ

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४० पटक पढिएको
कांग्रेस जनताबाट टाढिदै गएको कुरा स्वीकारदै डा। कोइरालाले भने जनतासँग जोडिने कार्यक्रम ल्याउनु पर्छ

काठमाडौं— नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी जनतासँग टाढिएको कुरा स्वीकारेका छन् । उनले जनतासँग पार्टी टाढिँदै जानु दुःखद भएको भन्दै जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको बताए ।

‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ,’ शेखरले भने । डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको कोइरालाले बताए । सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भने, ‘किन र के कारणले यस्तो अवस्था आयोरु म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालले गरे ।

संवैधानिक निकायहरुको क्षयीकरण भएको भन्दै उनले चिन्ता व्यक्त गरे । विभिन्न वहानामा लोकतान्त्रिक संस्थाहरु र संवैधानिक निकायहरुलाई कमजोर बनाएको उनले बताए । राजनैतिक संकट तथा निरंकुशताका समयमा हामी खरो उत्रिएको कांग्रेस बेला बेलामा चुकेको उनले बताए । ‘कहिलेकाही चुकेका पनि छौं । व्यवहारिक राजनीतिका नाममा कतिपय बिषयमा आँखा चिम्लेका छौं,’ कोइरालाले भने । गणतन्त्र दिवसको दिनमा आममाफी दिने निर्णय प्रति कोइरालाले असन्तुष्टि व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित