FLASH NEWS
  • Loading...

ओलीले पार्टीलाई ‘निजी कम्पनी’ जस्तो बनाएको भन्दै एमालेका नेताहरु असन्तुष्ट

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९५ पटक पढिएको
ओलीले पार्टीलाई ‘निजी कम्पनी’ जस्तो बनाएको भन्दै एमालेका नेताहरु असन्तुष्ट

काठमाडौं– नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘निजी कम्पनी’ जस्तो बनाएको भन्दै तीव्र असन्तुष्टि बढेको छ । धेरैजसो पदाधिकारी अध्यक्ष ओलीको ‘एकल शो’ पार्टीमा चलेको भन्दै असन्तुष्ट भएपनि बाहिर भने अहिले नै सार्वजनिक गर्न तयार देखिदैन्न् ।

अनौपचारिक कुराकानीमा प्रशस्तै खुलेर ओलीको आलोचना गरे पनि औपचारिकरुपमा भने अहिले विरोध गर्ने अवस्था नभएको उनीहरुको टिप्पणी छ । “हामी त सानो मान्छे । मुख छुच्चो गरेर बोले कारवाहीको धम्की पाउनेमात्र हौँ । ठिक भनिस् भनेर फोन गर्नेले पनि ठिक कुरा हो भनेर पार्टी कमिटीमा राख्न सक्दैन,” एक पोलिट्ब्यूरो सदस्यले भने, “स्थायी कमिटी, सचिवालय कतै पनि अध्यक्षलाई यो बाटो गलत हो, यो शैली गलत हो भन्ने पदाधिकारी देखिएनन् । त्यसैले अध्यक्षको ‘वान मेन शो’ चलिरहेको छ ।” ती नेताका अनुसार दशौं महाधिवेशन पछि एमालेमा एउटामात्र पोलिट्ब्यूरो बैठक बसेको छ ।

एमाले विधानअनुसार पोलिट्ब्यूरो बैठकको काम स्थायी कमिटीका निर्णय अनुमोदन गर्ने र केन्द्रीय कमिटीलाई एजेन्डा दिने थियो । अहिलेसम्म पाँचवटा केन्द्रीय कमिटी बैठक बस्दा पोलिट्ब्यूरो बैठक भने एकपटकमात्रै बसेको छ । “महाधिवेशनपछि एउटा पोलिट्ब्यूरो बैठक बसेको छ । त्यो बैठकमा अध्यक्ष ओलीले दुई घण्टा भाषण गर्नुभयो । अरु सदस्यले संसद्को शून्यसमय जस्तै एक मिनेट समय पाए,” ती नेताले भने, “बोल्न मन लाग्ने बोले, धेरैजना अध्यक्षको चाकडी बजाउनेमात्र देखिए ।”

वडा जिताउन पनि नसक्ने व्यक्तिलाई अध्यक्षले बढी महत्त्व दिँदा तल्लो तहमा काम गर्नेहरुमा बढी आक्रोश भरिएको ती नेताको टिप्पणी छ । ती पोलिट्ब्यूरो सदस्यमात्रै होइनन् पदाधिकारी पनि ओलीको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । तर उनीहरु पनि खुलेर बोल्न सक्दैनन् । उनीहरु अध्यक्ष ओलीलाई सुझाव दिने, सम्झाउने वा सामूहिक नेतृत्वको प्रश्न उठाउने अवस्थामा छैनन् ।

“हामीले भनेको कुरा सुन्नुहुन्छ जवाफ दिनुहुन्न । संसद् विघटन गर्दा नगरौँ भन्यौँ, उहाँले आफूले निर्णय लिनुभयो । जानेको सबै विषय बोल्ने होइन, आवश्यक विषयमात्र बोलौँ भन्छौँ, उहाँलाई लागेको गर्नुहुन्छ,” एक पदाधिकारीले भने, “पार्टीमा जिम्मेवारी दिने कुरा संसदमै देख्नुभएकै छ । संसदीय दलका नेताले प्रयोग गर्ने अधिकार उहाँले प्रयोग गर्दा प्रश्न कसले उठाउने किन उठाउनेरु”

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित