FLASH NEWS
  • Loading...

बोल्दा हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती होः विश्वप्रकाश शर्मा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०३ पटक पढिएको
बोल्दा हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती होः विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गम्भीर विषयमा बोल्दा हेक्का नराख्नु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गल्ती भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा बोल्दै गर्दा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिका विषयमा उनले त्यस्तो बताए । “यस्तो गम्भीर विषयमा बोल्दा सांसदले, सामान्य नागरिकले पनि गम्भीरता राख्नुपर्छ । गम्भीरताको हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो,” उनले भने । शर्माले प्रश्न उठाउने विपक्षीको अधिकार भएको पनि बताए । तर, गएको पुस १० गते नेकपा ९एमाले०कै सक्रियतामा प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै हस्ताक्षर गर्नेहरूले आफूले बनाएको भन्नुपर्ने बताए ।

“जो मित्रहरूले गम्भीर प्रश्न उठाइरहनुभएको छ । प्रश्न उठाउने विपक्षको अधिकारको सम्मान गर्नुपर्छ । पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा उहाँहरूकै अग्रसरतमा भएको हो भन्ने सम्झिनुपर्छ,” उनी भन्छन् । बोल्दा चिप्लिएका कुरालाई लिएर लामो समय संसद् अवरोध गर्न नुहुने उनको भनाइ छ । “प्रधानमन्त्री बनाउनेहरूले पनि हेक्का राख्नुपर्छ । एउटै कुरामा लामो समय संसद् अवरुद्ध गर्ने भन्दा पनि अन्य कुरामा केन्द्रित भएर जानुपर्छ,” शर्माले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित