FLASH NEWS
  • Loading...

चुनौतीको सिधा सामना गर्ने मेरो बानी छः माधवकुमार नेपाल

  • गोल्डेन खबर
  • १ साल अघि
  • ३७६ पटक पढिएको
चुनौतीको सिधा सामना गर्ने मेरो बानी छः माधवकुमार नेपाल

काठमाडौ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने बानी भएको बताएका छन् ।

सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्। केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए। आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए। आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले आफू दुईरतीन दिनअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट भनेका बेला काट्न नसकिएको पनि बताए। ‘विदेशमा रहेका साथीहरूले कार्यक्रममा बस्न नपाएपछि चित्त पनि दुखाउनुभयो। म के गरूँ, विभिन्नले लेखिरहेका छन्। साँच्चै हो कि क्या हो भन्ने पनि कतिपयलाई पर्ला, पटकपटक समाचार आएपछि म स्वदेश फर्किएँ,’ उनले भने, ‘म फर्केर आउँदाको सन्देश अर्कै हुन्छ। चुनौतीको सामाना गर्ने ढंगले फर्किएँ।’

उनले थप दुई देश भ्रमणको योजना रद्द गरिएको पनि बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित