- Loading...
कैलाली र कञ्चनपुर बाढीको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह
- गोल्डेन खबर
- ७ महिना अघि
- १२८ पटक पढिएको

कैलाली । निरन्तरको वर्षाले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा डुबान हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन निर्देशन जारीगरिएको छ ।
कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित सबैसरोकारवालालाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको हो ।
यसैबिच बर्सेनि बाढीको डुबानले ग्रसित कैलालीको भजनी नगरपालिका क्षेत्रमा हुन सक्ने डुबानबाट जोगिन तथा सावधानी अपनाउनस्थानीय स्तरमा पनि सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।
भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले आज बिहानसम्म अवस्था सामान्य रहे पनि नदीमा पानीकोसतह बढै गएकोले नगरपालिकास्थित सबै वडाको टोल टोलमा सावधानी अपनाउन सूचना जारी गरिएको बताए । नगर क्षेत्रमाप्रतिकार्यको तयारी पनि गरिएको छ । समयमै नजिकको सुरक्षित स्थान जान पनि अनुरोध गरिएको छ ।नगरपालिकाले बाढीप्रभावितहरूलाई खाना खुवाउन ठाउँ ठाउँमा मेस सञ्चालनको तयारी गरेको प्रवक्ता चौधरीले बताए ।