- Loading...
आज देशका यी भागमा भारी वर्षाको सम्भावना
- गोल्डेन खबर
- २ महिना अघि
- १३१ पटक पढिएको
काठमाडौं । अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।
मनसुनको प्रभावले शनिबार बिहान देशभर आंशिक देखि साधारणतया बदली रही कोशी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकीप्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले दिउँसो कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशकाएक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरैस्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।