- Loading...
महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
- गोल्डेन खबर
- १ महिना अघि
- ८९ पटक पढिएको
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेकोछ ।
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणकोखेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपाललेऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको योपहिलो जित हो ।
यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्नसकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद(साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेकोथियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्षकाभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको खेलकोपहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पार्यो । एक समय ५–५ को बराबरीबाट नेपालले ११–६ को अग्रता कायम गर्न सफल भयो । त्यहीअग्रतालाई कायम राख्दै नेपालले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । भारतले उत्कृष्ट प्रदर्शन गर्दानेपालको केही लागेन । दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो ।तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ लेसहजै जित निकाल्यो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । एक समयखेललाई १५–१८ को स्थितिमा ल्याएपनि त्यसपछि नेपालले सोचे अनुरुपकोप्रदर्शन गर्न नसक्दा सेट पनि गुमाउन पुग्यो ।
प्रतिस्पर्धात्मक र रोमाञचक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले ४–२ कोअग्रता लिदै जिततर्फ अग्रसर बन्यो । नेपालले त्यही अग्रतालाई कायम राख्दै १५–१३ को सेटमा जित निकाल्दै भारतमाथि ऐतिहासिक जित निकाल्न सफल भयो ।
यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत७ अंक जोडेर शीर्षस्थानमा छ ।