- Loading...
बङ्गलादेशमा प्रधानमन्त्री हसिनाले दिइन राजीनामा, सेनाले सरकार बनाउँदै
- गोल्डेन खबर
- ३ महिना अघि
- १८९ पटक पढिएको
एजेन्सी । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारीगराएका छन् ।
प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाटराजिनामा दिएकी हुन् । उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएकी छन् ।
“प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने । कामचलाउ सरकारकोनेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन् ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पारगर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाबालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।