FLASH NEWS
- Loading...
भारीमात्रामा गाँजासहित दुई भारतीय पक्राउ
- गोल्डेन खबर
- ५ महिना अघि
- १५० पटक पढिएको
काठमाडौं । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबासनगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजा सहित उनीहरू बुधवार राति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोहीठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो ।
मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमालिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस