- Loading...
जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
- गोल्डेन खबर
- २ महिना अघि
- १२३ पटक पढिएको
एजेन्सी । जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशालीभूकम्प को धक्का महसुस भएको हो ।
जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनीजारी गरिएको छ ।
जापानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ । साथै क्षति रोक्नकालागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ । सम्भावित क्षतिको तत्काल आकलन गर्न पनिउनले सरकारी निकायलाई भनेका छन् ।
स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसरबाँकी नराख्न भनेका छन् ।