FLASH NEWS
  • Loading...

गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध छुः अमेरिकी राष्ट्रपति ट्रम्प

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ७० पटक पढिएको
गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध छुः अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिका, माघ २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्य पूर्वका अन्य राष्ट्रहरूलाई पुनर्निर्माण गर्न दिनसक्ने बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनशिपमा भाग लिन लुइसियानाको न्यू अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा उक्त धारणा व्यक्त गर्नुभएको हो ।

गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावको व्यापक आलोचना भएको थियो । धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन् ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित