FLASH NEWS
  • Loading...

लिभरपुललाई बुधवार एभर्टनले २-२ को बराबरीमा रोक्यो

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३१ पटक पढिएको
लिभरपुललाई बुधवार एभर्टनले २-२ को बराबरीमा रोक्यो

इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ ।

लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो।

घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा दुवै टोलीले एक एक पटक अग्रता लिएर पनि जोगाउन सकेनन्।

११औं मिनेटमा बेटोको गोलमा एभर्टनले अग्रता लियो । त्यसको ५ मिनेट पछि नै लिभरपुलका एलिसेल्टरले बराबरी गोल फर्काए ।

७३औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितीमा पुर्याए । इन्ज्युरी समयमा एभर्टनका टाकोव्स्कीले बराबरी गोल गरे। टार्कोव्स्कीले बराबरी गोल गरेपछि मिडफिल्डर अब्दुलाए डौकौरेले लिभरपुलका समर्थकहरू अगाडि खुसियाली मनाएका थिए । त्यि घटनाले लिभरपुलका खेलाडीको आक्रोश बढायो ।

लिभरपुलका खेलाडी कर्टिस जोन्सले डौकौरेको व्यवहारलाई लिएर असन्तोष जनाउँदै उनलाई समात्ने प्रयास गरे । रेफ्री माइकल ओलिभरले विवाद शान्त भएपछि डौकौरे र जोन्सलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए ।

त्यसपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग आक्रामक रुपमा हात मिलाएपछि उनलाई पनि सिधै रातो कार्ड दिइयो । लिभरपुलका सहायक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रेड कार्ड देखाइयो ।

लिभरपुल २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा कायमै छ । एभर्टन २७ अंकका साथ १५औं स्थानमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित