- Loading...
ओडिआई सिरिजमा भारतले इङ्ग्ल्याण्डलाई क्लिन स्विप गरी हरायो
- गोल्डेन खबर
- १ महिना अघि
- ४८ पटक पढिएको

|Arshdeep Singh of India celebrating the wicket of Ben Duckett of England during the 3rd ODI match between India and England held at the Narendra Modi Stadium, Ahmedabad, India on the 12th February 2025 Photo by s Saikat Das / Sportzpics for BCCI
ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ ।
तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो ।
३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ सय १४ रनमा समेटियो । इङ्ग्ल्याण्डका लागि गस एटकिन्सन र टोम बेन्टनले समान रुपमा सर्वाधिक ३८ रन जोडे ।
ओपनर बेन डकेट ३४, जो रुट २४, ओपनर पिल साल्ट २३ तथा ह्यारि ब्रुक १९ रन बनाए । भारतका लागि अक्षर पटेल, अर्शदिप सिंह, हर्षित राना र हार्दिक पाण्ड्याले समान २ तथा वासिंटन सुन्दर र कुलदिप यादवले समान १ विकेट लिए ।
त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरको अन्तिम बलमा ३ सय ५६ रन जोड्दै अल आउट भयो ।
भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक १ सय १२ रन जोडे । उनले १ सय २ बलको सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरेका थिए । श्रेयश अय्यरले ६४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७८ बनाए ।
विराट कोहली ५५ बलमा ५२, केएल राहुल २९ बलमा ४० तथा हार्दिक पाण्ड्या १७ रन बनाए । इङ्ग्ल्याण्डका लागि आदिल राशिदले ४, मार्क वुडले २ तथा गस एटकिन्सन, जो रुट र सकिब मोहम्मदले समान १ विकेट लिए
सिरिजको पहिलो र दोस्रो दुवै खेल भारतले ४ विकेटले जितेको थियो । यसअघि भएको टि ट्वान्टी सिरिज पनि भारतले जितेको थियो ।