FLASH NEWS
  • Loading...

यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३८ पटक पढिएको
यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको संख्या घटेको छ। यसपटक ७ टोलीले मात्र एनएसएल खेल्ने भएका छन् ।

दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगन्ज युनाइटेडले यसपटक नखेल्ने भएका हुन्।
पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए।

पहिलो संस्करणमा विराटनगर सिटी एफसीले दोस्रो संस्करण खेलेन । दोस्रो संस्करण थपिएका ३ मध्ये झापा एफसीले मात्र यो पटकको एनएसएल खेल्ने भएको छ।

पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सिटी एफसीसहित दुई पटककै उपविजेता धनगढीसहित एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले लगातार तेस्रो संस्करण खेल्नेछन् ।

तेस्रो संस्करणका लागि फागुन १० गते हुने आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ। एउटा टोलीले कम्तिमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ।

एनएसइएमका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले यसपटक पनि नयाँ टोली एनएसएल खेल्ने इच्छा देखाएपनि नथप्ने निर्यण गरेको बताए। ‘अहिले छाड्ने टोलीलाई फेरि समावेश गराउँदैनौ, ‘ उनले भने,’अर्को वर्ष नयाँ टोलीलाई थप्ने सम्भावना छ।,’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित