FLASH NEWS
  • Loading...

क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४१ पटक पढिएको
क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला

काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ ।

क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ को पार गरेको हुनुपर्दछ । कम्तिमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव हुनु पर्दछ । क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार हुन आवश्यक छ ।

यसअघि मुख्य प्रशिक्षक मोन्टी देसाईको २ वर्षे कार्यकाल गत माघ १९ मा सकिएपछि नेपाली क्रिकेट टोलीमा मुख्य प्रशिक्षक रिक्त भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित