FLASH NEWS
  • Loading...

रियल रोकियो

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३१ पटक पढिएको
रियल रोकियो

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिड अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका लागि किलियन एमबाप्पे गोल गरे । घरेलु टोलीका लागि भने आन्टे बुडिमिरले गोल गरे ।

खेलको १५औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए । ३९औं मिनेटमा जुड बेलिंघमले रातो कार्ड पाउदै मैदान बाहिरि पछि रियल १० खेलाडीमा सिमित बन्यो । रेफ्रीमाथि अपशब्द शब्द प्रयोग गरेको आरोपमा बेलिंघमलाई सोझै रातो कार्ड दिइएको थियो ।

५८औं मिनेटमा आन्टे बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियलसँग अंक खोसे । रियलको २४ खेलमा ५१ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओसासुना समान खेलमा ३२ अंकसहित सातौं स्थानमा छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित