- Loading...
दोस्रो जितका लागि भिड्दै अस्ट्रेलिया र दक्षिण अफ्रिका
- गोल्डेन खबर
- ४ हप्ता अघि
- ४२ पटक पढिएको

च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् ।
पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो ।
उता, दक्षिण अफ्रिकाले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ७ रनको फराकिलो जित हासिल गरेको थियो । आजको खेल जित्ने हासिल टोलीले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउँने छ ।
अस्ट्रेलियाको टोली
स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एलेक्स केरी, बेन द्वारशुइस, नाथन एलिस, जेक फ्रेजर म्याकगर्क, आरोन हार्डी, ट्रेभिस हेड, जोस इंगलिस, स्पेन्सर जोनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, म्याथ्यू सर्ट र एडम जाम्पा ।
दक्षिण अफ्रीकाको टोली
टेम्बा बावुमा (कप्तान), टोनी डी ज़ोर्जी, मार्को यानसन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मारक्ररम, डेविड मिलर, वियान मुल्डर, लुंगी एनगिडी, कागिसो रबाडा, रायान रिकल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स, रासी वान डेर डुसेन, कोर्बिन बाश ।
दुई वर्षअघि भारतमा भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
समूह ‘ए’ का भारत र न्युजिल्याण्ड १ खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन् । भने, पाकिस्तान र बंगलादेश १ खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।