FLASH NEWS
- Loading...
युनाइटेड एफए कपबाट बाहिरियो
- गोल्डेन खबर
- ३ हप्ता अघि
- २२ पटक पढिएको

साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कप पाँचौं चरणबाटै बाहिरिएको छ ।
फुलहमसँग आइतवार टाइब्रेकरमा ४-३ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनल पुग्न असफल रह्यो । फुलहम अन्तिम आठमा पुगेको छ।
निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्ज्युरी समयमा केल्भिन बासेले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेलमा फर्काए । तर टाइब्रेकर युनाइटेड अभागी रह्यो।
युनाइटेडले गतवर्षको फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो । एफए कपमा युनाइटेड दोस्रो सर्वाधिक टोली हो । आर्सनलले १४ र युनाइटेडले १३ पटक एफए जितेको छ ।
एफए कपको अर्को खेलमा ब्राइटेनले न्युक्यासल युनाइटेडलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस