- Loading...
सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै
- गोल्डेन खबर
- ३ हप्ता अघि
- २३ पटक पढिएको

सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ।
सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ ।
सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले ७ लाख र दोस्रो हुने टोलीले ४ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने टोलीले समान ८० हजार रुपैयाँ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीले समान १५ हजार तथा हरेक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुसिल क्लब, एपिएफ, भारत सिक्किमको डिजोंग्री क्लब, महावीर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन्।
नामैना नगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा हुने प्रतियोगिता गर्न ६० लाख रुपैयाँ खर्च अनुमान छ