FLASH NEWS
  • Loading...

दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • २८ पटक पढिएको
दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित

दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो।

खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

यसपछि ६१ औं मिनेटमा बार्सिलोनाले अग्रता बनायो। राफिन्हाले बेन्फिकाको डिफेन्सिभ इररको फाइदा उठाउँदै गोल गरे। उनको यो सिजनको २५औं तथा च्याम्पियन्स लिगम नवौं गोल हो।

जनवरीमा समूह चरणमा यी दुई टोली भिड्दा पनि राफिन्हाले पाँच पटकको च्याम्पियन बार्सिलोनालाई जित दिलाएका थिए। उनले ९६ औं मिनेटमा निर्णायक गोल गर्दै रोमाञ्चक ९ गोलको खेलमा टोलीलाई जित दिलाएका थिए।

बार्सिलोना र बेन्फिकाबीचको दोस्रो लेग मंगलवार क्याम्प नाउमा हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित