FLASH NEWS
  • Loading...

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • २७ पटक पढिएको
न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।
न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ ।

भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट अघि बढ्न सकेन । ।
३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन बनायो ।

टोलीका डेभिड मिलरले शतकीय पारी खेले । उनले ६७ बलमा १० चौका र ४ छक्कासहित नटआउट १ सय रन बनाए ।

रस्सिभानडर दुसेन र कप्तान तेम्बा बाबुमाले अर्धशतक बनाए । दुसेनले ६९ र कप्तान तेम्बाले ५६ जोडे । एडन मार्कमले ३१, रायन रिकेलटनले १७ रन बनाए ।

न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रासवेलले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायो । उसका लागि रचिन र केन विलियम्सनले शतक बनाए।

विल योङ्ग २१ रनमस आउट हुँदा पहिलो विकेटको रुपमा आउट भए। यतिखेर न्युजिल्यान्डले ४८ रन मात्र बनायो। यसपछि रचिन र विलियम्सनले दोस्रो विकेटको लागि १ सय ६४ रनको सानदार साझेदारी गरे। यो सँगै न्युजिल्यान्ड ठुलो स्कोर तर्फ अगाडि बढ्यो।

दुवैले शतकीय पारी खेले। रचिनले १ सय १ बलबाट १३ चौका र १ छक्का सहित १ सय ८ रनको उत्कृष्ट पारी खेले। विलियम्सनले ९४ बल खेल्दै १० चौका र २ छकमका सहित १ सय २ रन बनाए ।

डारियल मिचेलले अर्धशतकबाट १ रनले चुके। उनी ४९ रनमा आउट भए। यसपछि ग्लेन फिलिप्सले २७ बलबाट ६ चेका र १ छक्का सहित अविजित ४९ रन बनाए।

बलिङमा दक्षिण अफ्रिका फितलो रहयो। लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए। न्युजिल्यान्ड फाइनलको लागि दुबई जानेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित