FLASH NEWS
- Loading...
चार्टर्ड विमानबाट काठमाडौं फर्किंदै पूर्वराजा
- गोल्डेन खबर
- २ हप्ता अघि
- १५ पटक पढिएको

पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं फर्किने भएका छन्।
पूर्वराजा शाह समिट एअरको चार्टर्ड विमानबाट पोखराको पुरानो विमानस्थल हुँदै काठमाडौं उत्रिन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन।
उनी भैरहवाबाट पोखरा पनि सोही विमान चार्टर्ड गरेर गएका थिए।
पूर्वराजा शाह दिउँसो साढे २ बजे काठमाडौं आउने तय भएको छ। उनलाई स्वागत गर्न राजावादीहरू जाने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रतिक्रिया दिनुहोस