FLASH NEWS
  • Loading...

गेटा मेडिकल कलेज छिट्टै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ: प्रधानमन्त्री

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • १९ पटक पढिएको
गेटा मेडिकल कलेज छिट्टै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह भएको छ।

समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन्।

दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई छिट्टै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताए।

गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै उनले भने, ‘यो खुसीको कुरा हो, नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ।’

डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि छिट्टै प्रारम्भ हुने र सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको बताए।

  • 4
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित