FLASH NEWS
  • Loading...

राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा आज प्रमाणित

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • २३ पटक पढिएको
राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा आज प्रमाणित

राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गरेका छन्।

अध्यक्षले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’, ‘विधायनसम्बन्धी विधेयक, २०८०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ प्रमाणित गरेका हुन्।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि भोलि मङ्गलबार राष्ट्रपति कहाँ पठाइनेछ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्छ।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।

  • 2
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित