- Loading...
अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा
- गोल्डेन खबर
- २ हप्ता अघि
- २२ पटक पढिएको

झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ।
अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्यो।
अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको टोलीलाई ४-२ को समग्र जित दिलाए र संयुक्त अरब इमिरेट्सको टोलीलाई पराजित गरे।
अल-नासर र क्लब एस्तेग्लालबिच तेहरानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। यो जितले स्टेफानो पिओलीको टोलीलाई क्वार्टर-फाइनलमा पुर्यायो।
खेलको नवौं मिनेटमा दुरानले अल-नासरलाई अग्रता दिलाए। एस्तेग्लालका गोलकिपर सेयेद होसेइन होसेइनीले बल गुमाएपछि कोलम्बियाली खेलाडीले झन्डै २५ यार्ड टाढाबाट गोल गरे।
अल नासरले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो। रोनाल्डोले २७औं मिनेटमा सहज आत्मविश्वासका साथ पेनाल्टीमा गोल गरे। मोहम्मद निकनाफ्सले साडियो मानेलाई खराब ट्याकल गरेपछि अल नासरलाई पेनाल्टी दिइएको थियो।
पहिलो हाफको अन्त्यतिर मेहरान अहमदी दोहोरो पहेँलो कार्ड पाएर मैदसन बाहिरिएपछि एस्तेग्लालको अवस्था जटिल बनेको थियो। उनले मोहम्मद अल-फातिललाई फाउल हान्दा रेड कार्डको सामना गर्नुपर्यो। ८४औं मिनेटमा दुरानले अर्को गोल गर्दै टोलीको अन्तिम आठको यात्रा सहज बनाएका थिए।