FLASH NEWS
- Loading...
बाबुछोराको संयुक्त कविताकृति ‘वंशवृक्ष’ सार्वजनिक

- गोल्डेन खबर
- ६ महिना अघि
- २५७ पटक पढिएको
काठमाडौं । पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ । शनिबार (असार २१) काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पर्ण गरेका हुन् ।
यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएको छ । कृतिमाथि प्रा. केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरे ।
मिलाप पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा प्रा. दाहालले कविताकृतिबारे बोले । उनका यसअघि कविता, उपन्यास र जीवनी गरेर दर्जनजति पुस्तक प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस














