FLASH NEWS
  • Loading...

ट्रोसरको गोलमा आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

  • गोल्डेन खबर
  • ५ महिना अघि
  • २५५ पटक पढिएको
ट्रोसरको गोलमा आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

लेन्ड्रो ट्रोसरले दोस्रो हाफमा गरेको निर्णायक गोलमा आर्सनलले फुलहमलाई १–० ले हराएको छ। यो जितसँगै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।

कप्तान मार्टिन ओडेगार्ड बिना नै प्रशिक्षक मिकेल आर्टेटाले टोली उतारेका थिए। उनको स्थानमा एबेरेची इजेलाई खेलाउने निर्णय गरेका आर्टेटाको टोली सुरुमा दबाबमा पर्‍यो। घरेलु टोली फुलहमका ह्यारी विल्सन र जोश किङका प्रयासले आर्सनलका गोलकिपर डेभिड रायालाई व्यस्त राख्यो ।

तर बिस्तारै आर्सनल खेलमा फर्कियो। रिक्कार्डो कालाफियोरीले गरेको गोल अफसाइडका कारण रद्द भयो। दोस्रो हाफमा आर्सनलले खेलमा गति बढायो र फुलहममाथि दबाब बढायो।

५८औं मिनेटमा बुकायो साकाको कर्नर बलमा ग्याब्रियलले मिलाइएपछि ट्रोसरले नजिकैबाट गोल गर्दै आर्सनललाई अग्रता दिलाए।

यो जितपछि आर्सनलको ८ खेलबाट १९ अंक भएको‌ छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटी ३ अंकले पछाडि छ।

सिटीले शनिवार नै एभर्टनलाई २-० ले हराएको थियो। ४अंकले पछाडि लिभरपुल तेस्रो स्थानमा छ ।लिभरपुलले आइतवार म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित