FLASH NEWS
  • Loading...

बुटवलबाट ४५ जना यात्रु बोकेको बस भारतको बलरामपुरमा दुर्घटना

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ८५ पटक पढिएको
बुटवलबाट ४५ जना यात्रु बोकेको बस भारतको बलरामपुरमा दुर्घटना

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ।

शुभसाइत ट्राभल्सका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।

२४ जना यात्रु गम्भीर घाइते भएका छन्।

सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस बलरामपुर आसपासमा दुर्घटनामा परेको हो।

उक्त बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेका थिए।

यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन्।

उक्त बस भारतीय ट्रकसँग ठोक्किएपछि आगो लागेपछि जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भने उक्त घटनाबारे कुनै जानकारी नआएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भारतीय बस दुर्घटनामा परेको केही सञ्चार माध्यमबाट थाहा पाए पनि बुटवलबाट गएका यात्रुहरू चढेको बस हो भन्ने आफूहरूलाई जानकारी नभएको बताए।

‘बुटवलबाट गएका यात्रु चढेको बस दुर्घटनामा परेकोबारे जानकारी छैन, अब बुझ्दैछौं,’ उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित