FLASH NEWS
  • Loading...

छापावाल सुन तोलाको मूल्य तीन लाख तीन हजार नाघ्यो

  • गोल्डेन खबर
  • ६ दिन अघि
  • ३३ पटक पढिएको
छापावाल सुन तोलाको मूल्य तीन लाख तीन हजार नाघ्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु. दुई हजार ४०० र चाँदी रु. दुई सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु. छ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित