FLASH NEWS
  • Loading...

संविधान संशोधनको विरोध गर्नेहरु राष्ट्रिय एकता विरोधीः प्रचण्ड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

3

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गर्ने बताएका छन् । हिमाल पहाड र तराईबीच सुदृढ एकता नै सरकारको प्राथमिकता भएको उनले बताए ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका नेताहरुसँग बुधबार विहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले  भने, राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधनको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो ।’

उनले संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी रहेको बताए । एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले प्रयास जारी राख्छ, उनले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन दर्ता भएसँगै देश निर्वाचनतिर अघि बढेको दाबी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित