FLASH NEWS
  • Loading...

शशांक सभापतिमा उठ्नेगरि अघि बढे, देउवाको दरिलो साथ !

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २२२ पटक पढिएको
शशांक सभापतिमा उठ्नेगरि अघि बढे, देउवाको दरिलो साथ !

काठमाडौं- सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा नेतृत्वको लागि नदोहोरिने सार्वजनिक अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसमा यतिवेला भावी नेतृत्वको लागि अहिलेदेखि नै दौडधुप सुरू भएको छ । १४औं महाधिवेशनमा सभापति देउवाले दोस्रो चरणको निर्वाचनमा मात्रै सभापतिका अर्का उम्मेद्वार डा। शेखर कोइरालालाई पराजित गरेका हुन् । १४औं महाधिवेशनमा शशांकले सभापति देउवालाई नै साथ दिएका थिए ।

 

शशांकले १४औं महाधिवेशनमा लगाएको गुण देउवाले १५औं महाधिवेशनमा सभापति बनाएर तिर्नेगरि तयारी थालेका छन् । कांग्रेस उच्च स्रोतकाअनुसार सभापति देउवाले शशांकलाई नै १५औं महाधिवेशनमा नेतृत्वको लागि अघि बढ्न ग्रिन–सिग्नल दिइसकेका छन् ।

अहिले राष्ट्रपतिको कुर्सीमा आसिन रामचन्द्र पौडेलले पनि शशांकलाई नै सभापति बनाउनुपर्ने मत आफूनिकट नेताहरुसँग राखेका कुरा बाहिरिएका छन् । उता, शेखर कोइराला भने आफ्नो समूहलाई एकताबद्ध गर्नमै व्यस्त छन् । पछिल्लो समय शेखरको गुटमा पनि फाटो आएको चर्चा छ ।

खासगरी शेखर र महामन्त्री गगन थापाबीच मनमुटाव सुरु भएको आँकलन छ । हालै शेखरले आफ्नो समूहको बैठक बोलाउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि समेट्न खोजेका थिए । उनीहरु दुवै जना शेखरले बोलाएको भेलामा गएनन् ।

शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए भने पौडेल भने सभापति देउवाको प्यानलबाट महामन्त्रीमा लडेर पराजित भएका हुन् । ०७९ को निर्वाचनलगत्तै संसदीय दलको नेताको लागि भएको निर्वाचनमा भने महामन्त्री शर्मा र पौडेल दुवै जना गगन थापाको पक्षमा खुलेका थिए । शर्माले त गगनलाई प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट नै गरिसकेका छन् । कोइराला परिवारलाई एक भएर अघि बढ्नपनि उनीहरुनिकट नेता तथा कार्यकर्ताहरुले दबाब दिएका छन् ।

कांग्रेसले विपी जयन्तीको अवसरमा आयोजना गरेको साहित्य–महोसत्वमा कोइराला परिवारका तीनै जना नेताहरु शेखर, शशांक र सुजाता कोइराला वक्ताको रुपमा उपस्थित् थिए । सो क्रममा उनीहरुले १५औं महाधिवेशनमा आफूहरु एकै ठाउँमा उभिने विश्वास दिलाएका थिए । तर, अहिले उनीहरुको तयारी र छलफललाई नियाँल्दा भने त्यस्तो एक हुने सम्भावना देखिएको छैन् । शशांकले सभापति देउवासँग नै सम्पर्क बढाएका छन् । शेखर भने आफ्नो समूहलाई एकजुट गर्नमै व्यस्त छन् । सुजाता पछिल्लो समय निस्क्रियजस्तै छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित