FLASH NEWS
  • Loading...

दूतावासको शरणमा आइपुगेका ५३ नेपाली अलपत्र

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०४ पटक पढिएको
Post Thumbnail

23

१४ मंसिर, काठमाडौं । खान बस्नै समस्या भएको भदै क्याम्प छाडेर साउदीको रियादस्थित नेपाली दूतावासको शरणमा आइपुगेका ५३ नेपाली अलपत्र परेका छन् । नेपाल फर्किने प्रक्रिया नमिल्दा उनीहरु दूतावासको प्राङ्गणमै अलपत्र हुन् ।

श्रम तथा रोजगार मन्त्रालयले दूतावासमार्फत साउदीको उप–श्रम मन्त्रीसँग अलपत्र कामदारको समस्या जानकारी गराइसकेको छ । तर, प्रक्रिया पुर्‍याएर नेपाल फिर्ता ल्याउन समस्या परिरहेको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले बताए ।

‘उनीहरुलाई नेपाल ल्याउन त्यहाँको सरकारले ‘एक्जिट’ भिसा दिनुपर्छ’ प्रवक्ता भुर्तेलले भने, ‘तर, दूताबासमा आइपुगेका सबै नेपालीको रोजगारदता नै सम्पर्कबिहीन छ । रोजगारदाता सम्पर्कमा नआई साउदी सरकारले ‘एक्जिट’ अनुमति दिँदैन ।’

साउदीको हिजास गेट इन्टरनेशनल कम्पनीमा काम गर्ने नेपालीहरु गत मंगलबार नेपाली दूतावास आइपुगेका थिए ।
क्याम्प छाडेर आएका कामदार दूताबासको खुला चौरमा बसिरहेका छन् । दूतावासले कामदारलाई खाना उपलब्ध गराएको छ ।

अलपत्र सबै युवा क्षितिज इम्प्लोयमेन्ट सर्भिसमार्फत त्यहाँ पुगेका थिए । कम्पनीले लामो समयदेखि कामदारलाई ब्यवस्थापन गर्ने बताएपनि चासो नदिएपछि कामदारले दूतावासको शरण रोजेका हुन् ।

लामो समयदेखि तलब नपाएका उनीहरुले पछिल्लो समयमा कम्पनीको समस्याका कारण काम समेत पाएका थिएनन् । उनीहरुलाई रियादको जदिद सनैयाको लेबर क्याम्पमा राखिएको थियो । तर, शिविरमा शुद्ध पिउने पानी पनि नपाएको उनीहरु बताउँछन् ।

कम्पनीले खाना समेत दिएको थिएन, जसका कारण उनीहरुले त्यहाँ रहेका नेपालीहरुसँग सरसापट गरेर गुजारा चलाउँदै आएका थिए । अहिले साउदीमा अरु १ हजारभन्दा बढी कामदार अप्ठेरोमा परेको सूचना दूतावाससँग नै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित