FLASH NEWS
  • Loading...

हिन्दू राष्ट्र विषयमा खुमबहादुर पुनः सक्रिय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९० पटक पढिएको
Post Thumbnail

नेपाल हिन्दू राष्ट्र हुनुपर्ने माग गर्दै आएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले बुधवार पार्टी निकटस्थ र शुभेच्छुकहरुको भेला बोलाएका छन्। संविधान संशोधनको तयारी भइरहेको बेला उनी नेतृत्वको सनातन हिन्दू राष्ट्रको लागि महाअभियानले दवाबस्वरुप यो सक्रियता देखाएको हो । उनले गत वर्ष संविधान जारी हुनुअघि पनि संविधानमा हिन्दू राष्ट्र उल्लेख हुनुपर्ने माग राखेका थिए।

स्रोतका अनुसार आज बोलाइएको भेलाले हिन्दू राष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्नेछ । नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भट्टराईले हिन्दू राष्ट्रका लागि नागरिक संघर्ष समिति समेत गठन गरेका छन् । सो समितिमा आबद्ध सदस्यहरु पनि यो भेलामा सहभागी हुने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित