FLASH NEWS
  • Loading...

६८ वर्षा कक्षा १० मा पढ्ने दर्ुगाको सपना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail

 

६८ वर्षा कक्षा १० मा पढ्ने दर्ुगाको सपना
एउटै कक्षामा पढ्ने साथीहरु धेरै छन् । तर सोही कक्षामा पढ्ने दर्ुगालाई भने उनका साथीहरुले ‘बा, भनेर सम्बोधन गर्छन ।
६८ वषर्ीय दर्ुगा कामी हिजोआज नेपालमा मात्र होईन छिमेकी मुलुक भारतमा पनि चर्चित भएका छन्  । किनभने उनी स्कुलकै सबैभन्दा बढी उमेरका विद्यार्थी हुन् । उनी घरमा हजुरबुबा बनिसकेका छन् । तर अहिले पढ्ने इच्छा जागे पछि उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् दर्ुगा  ।
गरिबीका कारण उनले आफ्नो  बाल्यकालमा पर्ढाई पूरा गर्न सकेका थिएनन् । युवा भएपछि जीवनको लागी र्सर्ंघष गर्दै नै विते उनका दिनहरु । विवाह गरे, छोराछोरी पाए, उनीहकै लागी उनले संर्घष्ा गरेर आफ्नो युवा जिवन विताए ।
तर बुढेसकालमा भने उनले आफ्नो पढ्ने इच्छा पुरा गर्ने अठोट गरेका छन् । उनी पढेर एउटा राम्रो शिक्षक बन्ने उदेश्य लिएका छन् । आफ्नो इच्छा पुरा गर्न उनी निरन्तर प्रयासरत पनि छन् । केहि वर्षअगाडी दर्ुगा श्रीमतीको निधनपछि एक्लो महसुस गर्न पुगे । उनको सम्झनाले उनलाई तड्पाउन थाल्यो । त्यही पिडा भुल्नका लागी पनि उनले पर्ढाई सुरु गरे ।
अहिले उनलाई विना लौरो हिड्न गा≈ो छ । त्यसैले उनले एउटा लौरोलाई आफ्नो साथी बनाएका छन् । त्यही साथीको सहायताले उनी स्कुल जाने आउने गर्छन् । स्कुलमा उनले धेरै साथी बनाएका छन् । उनको साथीहरुको उमेर १४,१५ वर्षा छन् । उनी अहिले कक्षा १० मा अध्यनरत छन् ।
उनी भन्छन्, ‘विद्यालय गएर मर्ने बेलामा केहि ज्ञानगुनका कुरा सिक्यौ र अरुलाई पनि सिकाउ भनेर पढन आको ।,
उनको कक्षाका अरु विद्यार्थीहरु पनि उनलाई सपोट गर्छन् । उनले नजानेको कुरो अरुलाई सोधछन् । उनीहरु पनि उनलाई आफुले जानेको कुरा सिकाउने गरेको उनको सहपाठीहरुको धारणा छ ।
तर हाल पनि उनको अवस्था पहिलेको भन्दा त्यती फरक छैन् । गरिबीले अहिले पनि उनलाई छोडेको छैन् । गरिबीकै कारण उनलाई पुस्तक किन्न पनि गा≈ो छ ।

मेरा गाउले भन्छन् ‘ए दर्ुर्गे मर्ने बेला किन हरियो काँक्रो हँ’
दर्ुर्गे कामी
ज्ञान सिक्न सजिलो भए विश्व नै ज्ञानी हुने थियो । तर ज्ञान सिक्न नसकिने बिषय पनि रहेनछन् । मेरो उम्मेर ७० बर्षपुग्न थाल्यो । म अहिले बिद्यालय जाँदैछु । केही बर्षपहिले मैले श्रीमति गुमाएँ । छोरा छन्, छोरी छन् । तर उनीहरु मसँग छैनन् । उम्मेरमा पढेको भएँ छोरी छोरी मसँग नभएपनि ज्ञान मसँगै रहने थियो । यही बुद्धि ७० बर्षो उम्मेरमा पलायो र म बिद्यालय जान थाले । साना बालबालिकाको म एउटा साथी बनेँ ।
मेरा कयौ बाल साखा परलोक पुगिसके । तर म भने बिद्यालय जाँन थालेको छु । म एउटा दलित हुँ, ७० बर्षो उम्मेरमा बिद्यालय जान थालेको देखेपछि धेरैले होच्याउने गर्दछन् ‘ए दर्ुर्गे मर्ने बेला किन हरियो काँक्रो हँ’ कतिपयले यस्तै भन्ने गरेका छन् । खसी काट्दै ‘तेरो दिमाग ठिक छ’ भन्छन् मेरा समाजका मान्छे । म भन्छु ‘मेरो दिमाग ठिक छ हजुर’ । तर उनीहरुले जे भनेपनि म बिद्यालय जान छाडि्दन । मेरो शरिरले धर्म नछोडेसम्म म पढिरहने छु । अहिले थाहा भयो पढ्नलाई उम्मेरले छेक्दो रहनेछ, आज साना मेरा नाति सरहका बालकालिका साथी भएका छन् ।
म जवानीमा धन कमाउन विदेश गएँ । भारतका गल्लिमा मैले धेरै ठक्कर पनि पाएँ । म अनपढ भएकै कारण ढक्कर पाएको हुँ । मैले भारतमा ठुलो काम नपाएपनि सामान्य १० कलास पास गरेको भए सिपाईको काम पाएको थिँए । तर पर्ढाई नहुँदा मैले त्यो अवसर गुमाएँ । अहिले पछुतो छ ।
म विहान उठेर पानी भर्छु, आएर खाना पकाउँछु, खाएर बिद्यालय जान्छु । बिद्यालय जान मलाई २ घण्टा लाग्छ । उम्मेरले म बुढो हुँ तर बिद्यालय जान थालेपछि मेरो आत्म बच्चा जस्तै भएको छ । उमेर जति भएपनि पढ्ने मेरो दृढ संकल्प छ । तर आर्थिक अवस्थाले केही समस्या पारेको छ । कुनै निकायबाट सहयोग पाएँ म जीवनभर पढ्ने सोचमा छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित