FLASH NEWS
  • Loading...

पुलिसको पश्चिमाञ्चल माथि जित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९० पटक पढिएको
Post Thumbnail

 

१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा रामेछापको चन्डेश्वरी युवा क्लवलाई पराजित गर्दै न्यु डायमन्डले अग्रता कायम राखेको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ ।
बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन् । स्वयुम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।
त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । प्रतियोगितामा अहिलेसम्म ४ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थान ओगट्न सफल भएको छ । त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ ।
त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ५ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ६ खेलबाट ७ अंक नै जोडेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित