FLASH NEWS
  • Loading...

कान्तिपुर र एनटीभी विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९५ पटक पढिएको
Post Thumbnail

काठमाडौं/ साविक विजेता कान्तिपुर मिडिया ग्रुप र नेपाल टेलिभिजन (एनटीभी) ले आठौं मिडिया कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले एपी वान टेलिभिजन २–० गोलअन्तरले पराजित गर्दै लगातार दोश्रो जित हात पा¥यो । जितसंगै कान्तिपुर सेमिफाइनल पुग्ने बलियो स्थितिमा पुगेको छ । कान्तिपुरको जितमा सुरज मोक्तान र समिर तामाङले १–१ गोल योगदान गरे । समिर ‘म्यान अफ द म्याच’ चुनिए ।
सोही समूहको अर्को खेलमा एनटीभीले एभिन्युजलाई २–१ ले हराउदै पहिलो जित निकाल्यो । एनटीभीका लागि ‘म्यान अफ द म्याच’ प्रज्ज्वल शाक्य र राजेश थापा मगरले १–१ गोल गरे । बिहीबार समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट र रेडियो नेपालबीच खेल हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित