FLASH NEWS
  • Loading...

मनागमा गोरखा इको प्यानल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११२ पटक पढिएको
Post Thumbnail


काठमाडौं । घर तथा भबन निर्माणमा पार्टेशन वालको रुपमा प्रयोग हुने गोरखा इको प्यानलको प्रयोग हिमाली जिल्लामा पनि हुन थालेको छ । काठमाडौं उपत्यकालगायत पहाडी र तराई जिल्लाहरुमा प्रयोग भइसकेको इको प्यालन पछिल्लो पटक हिमाली जिल्ला मनांगमा पनि सुरु भएको हो ।
एग्रो मनांग प्रालिले मनागको पिसांग गाविसस्थित भ्रातागमा निर्माणधिन कोल्ड स्टोर भबनका लागि प्यानलको प्रयोग थालेको हो । प्रालिले मनागमा उत्पादित स्याउ स्टोरेजका लागि बनाएको स्याउ प्रशोधन तथा कोल्ड स्टोरेज भबन बनाउन प्यानलको प्रयोग गरेको हो ।
प्रालिका प्रवन्ध निर्देशक युवराज गुरुगले स्थानीयस्तरमा पाइने काठ ढुंगाको अभाब तथा इटाहरु ओसार्न यातायातको समस्या भएकोले यसको विकल्पको रुपमा इको प्यानलको प्रयोग गरेको बताए । साथै छिटो निर्माण सम्पन्न गर्नुपर्ने भएकोले पनि प्यानलको प्रयोग गरे्को उनले जनाए । काम गर्ने दक्ष तथा अदक्ष जनशक्ति अभाब हुने ठाउँंमा छिटो निमार्ण गर्नुपर्ने र त्यो इको प्यानलको प्रयोगबाट सम्भब भएकोले प्यानल प्रयोग गरेको उनले बताए । साथसाथै गोरखा इको प्यानल नेपाली उत्प ादन भएकोले पनि प्रयोग गरेको उनको तर्क छ । साथसाथै प्यानलको प्रयोगले अरु परम्परागत निर्माण सामाग्री भन्दा ढुवानीमा सहज भएकोले पनि प्रयोग भएको उनले बताए । अरु वालको निर्माण सामाग्री ढुवानीमा पाँंच टिप लाग्ने, त्यही बराबरको काम इको प्यानलबाट एक टिपमै हुने हुन्छ । साथै यो प्यानल जडान गर्न सिमेन्ट, वालुवा र पानीको झन्झट नहुने हुन्छ ।
भबन निमाणाधिन मनांगको यो ठाउँं लमजुगको सदरमुकाम वेशी सहरबाट करिव ७० किलोमिटर कच्ची फोर ह्विलको सवारीसाधनबाट पुग्नुपर्ने ठाउँंमा पर्छ । यहाँं मंसिरदेखि वैशाखसम्म हिउँं पर्छ । १२ महिनामा यहाँं ६ महिना काम गर्न मिल्ने अवस्थामा पनि यो वीचमा दसैं तिहार जस्ता ठूला चाँडपर्व पर्नुका साथै जाडोले सिमेन्टको सेटिंग नहुँंदा यहाँं निर्माणको काममा कठिनाई तथा ढिलाई हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित