FLASH NEWS
  • Loading...

पर्यटनमा फड्को मार्दै स्याङ्जा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२० पटक पढिएको
Post Thumbnail

अनन्तकुमार श्रेष्ठ

स्याङ्जा जिल्ला ग्रामीण पर्यटनको क्षेत्रमा नेपालको नमूना र पहिलो जिल्ला हो । पर्यटन बर्ष१९९८ मा नेपालमा पहिलो पटक ग्रामीण पर्यटनमा होम स्टेको अवधारणा सहित स्याङ्जाको शिरुवारीमा शुरु गरिएको थियो । यसको सफलताले मुलुकका धेरै गाँउहरु यो अवधारणा आफ्ना गतिविधि अगाडि बढाइरहेका छन । स्याङ्जाको यो प्रयास को सफलताले नेपालमा होम स्टे सम्बन्धमा निर्देशिका तयार भइ लागू भएको छ । होम स्टे पर्यटनले पहिलो पर्यटन बर्षो शुरुवातले दोस्रो पर्यटन बर्षा आइपुग्दा मर्ुतरुप पाएको छ ।
पोखराबाट १३ किमीबाट शुरुहुन्छ स्याङजा । सयाङ्जा घुम्ती बढी भएको जिल्ला हो स्याङ्जा सिर्द्धार्थ राजमार्गको कुभिण्डेदेखि राम्दीसम्मको ८२ किमीमा २ सय ५० भन्दा बढी घुम्ती छ । सुन्दर आँधी खोलाको किनारै किनार सिदार्थ राममार्गको यात्रा गर्दा कफि र सुन्तलाका बगैचाहरुले यात्रुहरुको मन लोभ्याउछ । पोखरा र लुम्बिनी जोड्ने सिदार्थराजमार्गलाई पर्यटन मार्ग भने पनि हुन्छ । समुन्द्र सतहदेखि ३ सय ६६ देखि २५ सय १२ मिटर सम्मको उचाँइ रहेको जिल्लाको क्षेत्रफल १ हजार १ सय ६४ वर्ग किमी छ । आँधीले सिंचेको कालीले घेरेको यो भूमि पवित्र भूमि हो ।
जिल्लाको पर्यटनको विविधिकरण गर्ने हो भने धार्मिक पर्यटनका लागि श्रवणकुमार अन्धाअन्धी दह, चण्डी स्थान, मनकामना मन्दिर, आलमदेवि मन्दिर, गह्रौकालिका, अकलादेवि, भैरवस्थान, छायाँक्षेत्र, सेतिबेनी, केलादीघाट, राम्दी क्षेत्र, आदी प्रशिद्ध तिर्थस्थलहरु छन । रामायणसंग जोडिएको श्रवणकुमारको समाधी क्षेत्र चिलाउनेवास गाविस ९ मा पर्दछ । भगवान रामका पिता दशरथ शिकार खेल्न आउने क्षेत्र स्याङ्जा जिल्ला हो । त्यसबखतमा मृगको शिकार गर्न वरपरका खोला नाल सुकाउथे सोहि कारणले चिलाउनेबास गाविस बाट श्रवणकुमार पानी लिन बाङसिङ गाविसको सरादीखोलामा पुगेका थिए । पानी भर्न खेाज्दा आएको आवाजमा मृग ठनी बाण हान्दा श्रवणकुमार घाइते भए । उनलाई अन्धा वुवा आमा भएको स्थानमा पुर्‍याए त्यहि उनको मृत्यु भयो । विलापमा अन्धा बाआमाको पनि मृत्यु भयो । उनीहरुको आँसुकोकुण्डबाट आँधीखोला मुहान हो ।


आलमदेवी मन्दिरमा वि. स. १०८ देखि निरन्तर पुजा भइरहेको छ । आलमदेवी शाहबंशीय राजाहरुको कुल देवता हुन । आलमदेवी गाविस ६ मा पर्ने यो मन्दिर सिर्द्धार्थ राजमार्गमा पर्ने गल्याङबजार देखि पश्चिममा पर्दछ । मन्दिरमा करिव ४ सय बर्षपुरानो भिमसेनपाती को बोट छ यो मन्दिरमा यही पाती नै कुमार पुजारीले फुलका रुपमा भक्तजनले पाउँछन् ।
छाङछाङदी मन्दिर स्वस्थानी ब्रत कथामा आधारित महादेवका पत्नि सतिदेविको अस्तु पतन भएको स्थान छाँयाक्षेत्र छाङछाङदी गाविसमा पर्दछ । सदरमुकाम स्याङ्जा बजारबाट २२ किमी दक्षिणमा राजमार्गमा नै यसको प्रवेशद्धार रहेको छ ।
पिडिखोला गाविस ८ मा पर्ने सेतिबेनीमा रहेको शिला विश्व कै सबै भन्दा ठूलो शिला हो । यहाँ पुग्न कालीगण्डकी ए जलविद्युत केन्द्र रहेको स्थान मिर्मीबाट ४५ मिनेट स्टिमरमा यात्रा गर्नु पर्दछ । यहाँ वर्षभरिमा ४८ भन्दा बढि मेला लाग्दछ ।
कालीगण्डकीको किनार स्याङ्जा र पाल्पाको सिमामा रहेको राम्दी धाम धार्मिक पर्यटनको गन्तब्य हो । तल्लो कालीगण्डकीको र्‍याफ्टिङ यात्राको शुरुवात विन्दु पनि यहि नै हो । र्‍याफ्टिङ्का लागि काली गण्डकीको अन्तर्रर्ााट्रय रुपमा चर्चा समेत छ । यहाँ नजिकै गुफा पनि छ ।
पैदल यात्राका लागि तनहँु देखि शुरु हुने मिलेनियम ट्रयाक, पहाड देखि तर्राई जोड्ने जगत, कुवाकोट साखर हुदै चितवन ज्याग्दी इको ट्रेकिङ, सिरुवारी, सिर्सर्ेेेट हुदै मिर्मी काली गण्डकीे रानीमहल सम्मको रानीमहल ट्रेकिङ जस्ता पैदल मार्गहरु रहेका छन ।
ग्रामीण पर्यटनका सर्न्दर्भमा शिरुबारी, सिर्सर्ेेेट, बुढाकोट, खिलुङ, सिरकोट, मट्टीखान, कृषि पर्यटनकालागि पित्लेक जस्ता सुन्दर गाँउहरु पर्यटकको स्वागतका लागि तयार अवस्थामा रहेको छ । जैविकविविधता ऐतिहासिक स्थान धार्मिक स्थल पंचासे पर्यटकहरुको आकर्ष स्थल लागि तयार अवस्थामा रहेको छ । नेपालको ग्रामीण पर्यटनको उद्मस्थल शिरुवारी वर्षभरि नै आन्तरिक तथा बाहृय पर्यटकको ओइरो लागि रहन्छ । अहिले मुलुकको ग्रामिण पर्यटनको श्रोत केन्द्रको रुपमा विकास भइरहेको छ । सदरमुकामदेखि नै जाने गाडी पाइन्छ । बाडखोला बजारबाट करिव २८ किमीको दुरिमा रहेको यो गुरुङ बस्ति हो । स्वागत सत्कार, अतिथी सत्कारको आधार भन्ने उद्गार शिरुवारीमा प्रत्यक्ष देख्न पाइन्छ । सूयोर्ेदय, स्थानीय खानाका परिकार, नेपाली संस्कृति, स्वागत सत्कार तथा ग्रामिण समुदाय ब्यवस्थापनका अद्धितिय नमूना गाँउ हो शिरुवारी ।
कृषि पर्यटन अर्को बिशेषता हो । जगतभञ्याङ गाविसमा पर्ने पित्लेक जहाँ सोलारबाट पानी लिफ्टिङ गरि तरकारी खेति गरिन्छ । बाषिर्क १५ लाख केजी भन्दा बढि गोलभेडा मात्र उत्पादन हुन्छ । त्यस्तै कफि तथा अन्य तरकारीहरुको पनि उल्लेखनिय उत्पादन हुन्छ । यहि पक्षलाई समेटेर कृषि पर्यटनको अवधारणमा गाँउले विकास गरिरहेको छ । हालसम्म ५५ जिल्लाका सयौ आन्तरिक पर्यटकलाई स्वागत गर्ने मौका पाइसकेको छ यो गाँउले । सिर्द्धार्थ राजमार्गमा रहेको मिर्दी बजारबाट पर्ुव तर्फहुदै जान सकिन्छ ।
नेपालको नमूना कफि स्टेटका रुपमा बहाकोट, अर्जुनचौपारी र जगतभज्याङ गाविसमा रहेको छ । नेपाल उद्योग बाणिज्य महासंघको सहयोगमा नमुना कफि स्टेट तयारीको क्रममा रहेको छ । करिव ८ सय रोपनी बहाकोट गाविस, अर्जुन चौपारी गाविसको खाल्टेमा ५सय रोपनी र जगतभज्याङ गाविसमा ५सय रोपनी क्षेत्रमा कफिको बगैचा स्थापना र कृषि पर्यटनको नमूना क्षेत्रका बनाउने कार्य भइरहेको छ ।
ग्रामीण पर्यटनका लागि तयार रहेका गाँउ अतिथिको सत्कारका आफ्नो आफ्नो विशेषताले भरिएका छन । जिल्ला पर्यटन विकास समिति, जिल्ला विकास समिति, गाउ विकास समिति, पर्यटन कार्यालय तथा नेपाल पर्यटन बार्डले पर्यटन सम्बन्धि अभिमुखिकरण गरिरहेको छ ।
जिल्ला ऐतिहासिक पर्यटनका लागि पनि उत्तीकै महत्वपर्ूण्ा स्थानहरु रहेको छ । शाहबंशको प्रथम राज्य, चौविसे राज्य र तिनको ऐतिहासिकता महत्वपर्ूण्ा रहेका छन । सतौकोट जहाँ नेपाल एकिकरणका सर्न्दर्भमा सतौकोटको युद्ध जहाँ गोरखाली फौजको ठूलो क्षतिका साथ हार बेहोर्नु परेको थियो । जसको सर्न्दर्भमा बैदि-बैरी) खोला, रजस्थल-रणस्थल) बुझन र हर्ेन अविश्मरणिय स्थान छ । ऐतिहासिक रुपमा नुवाकोट, गह्रौसु, भिरकोट ऐतिहासिक स्थानहरु जसमा अझै सम्म पनि रहेका दरवार, कोतखाना टुडिखेल आदि रानीस्वाराहरु दर्शनिय स्थानहरु छन । साहसिक पर्यटनका लागि प्याराग्लाइडिङका लागि आर्रुखर्कको गलेम, खिलुङ, कुवाकोटको वायोडााडा, सिर्र्सर्ेेोट, अत्यन्त्ा उपयुक्त मानिएका छन ।
नेपालको पहिलो प्याराल्याइडिङ स्कुल बावु प्यारग्लाइडिङ स्कुल स्वरेक गाविसमा स्थापना भई देश विदेशका प्याराग्लाइडिङको तालिम लिन चाहनेका लागि उपयुक्त स्थलको रुपमा रहेको छ । हाल सम्म स्वेदेशी तथा विदेशी गरी सयौको संख्यामा यहाँबाट दिक्षित भइसकेका छन ।
आँधीखोला कोरिडोरको लागि भौगोलिक तथा वातावरणिय हिसावले नेपालको उत्कृष्ट स्थलको रुपमा रहेको विभिन्न अध्ययनले देखाएको छ । यसको विकास गर्न स को लागि विश्वको नमुना गन्तब्य स्याङ्जा हुनसक्दछ ।
फेदीखोला गाविस साल्मेमा निर्माणधिन गोर्खा स्मारक विश्व नमुना पर्यटकीय गन्तब्य बन्ने सम्भावना रहेको छ । प्रथम , द्धितिय विश्व युद्ध लगायत विभिन्न युद्धमा शहादत प्राप्त भएका विर गोर्खाहरुमा सम्झनामा यो स्मारकमको निर्माण प्रारम्भ भएको हो ।
४ वटा ट्रेकिङ रुट, १० वटा ग्रामीण पर्यटकिय गाँउ, ५ भन्दा बढि गुफाहरु र धार्मिक पर्यटनका लागि प्रसिद्धधाम तथा मन्दिरहरु, साहसिक पर्यटनका लागि र्‍याफ्टिङ, प्याराग्लाइडिङ, पौराणिक ऐतिहासिक स्थलहरु, मनोरम अनेकन थुम्का र बेसिहरुले सजिएको जिल्ला हो । गुरुङ, मगर, नेवार, माझी, संस्कृतिको अनुपम संगम रहेका छ । नेपालको ग्रामिण बस्ति, सत्कार आत्मिय अनुभव स्थानीय खानाका परिकारका लागि स्याङ्जा संगम स्थल हो । धान देखि स्याउ सम्म फल्ने तर्राई दखि हिमालको अनुभव लिन सकिने नेपालको पर्ूण्ा स्वाद छ स्याङ्जा जिल्लामा ।
-श्रेष्ठ जिल्ला पर्यटन समिति स्याङ्जाका उपाध्यक्ष हुनुहुन्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित