FLASH NEWS
  • Loading...

उपत्यकाका प्रमुख नदीबाट १८ टन फोहर व्यवस्थापन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail


बागमतीको सफाई गरी पहिलाकै रुपमा ल्याउने महत्वकाक्षां स्वरुप सुरु भएको बागमती सफाइ महाअभियानको १९३ औ हप्तामा उपत्यकाका प्रमुख नदी सफाइ गरी हालसम्म १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
शनिबार मात्र सिनामंगलदेखि बानेश्वर क्याम्पससम्मको नदी क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइ महाअभियानका अभियन्ता उमेश बोहराले सो फोहोर व्यवस्थापन गरिएको जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकार सम्पन्न बागमती समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहलगायत अभियानकर्मीको सहभागिता थियो । सफाइको नेतृत्व पूर्वसचिव किशोर थापाले गरेका थिए ।
गतहप्ता बागमतीमा फोहर फाल्दा पक्राउ परेको शिवशंकर होटल जयवागेश्वरीका सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई १५ हजार जरिवाना गरेर आइन्दा फोहर फालेमा एक लाख ५० हजार जरिवाना गर्ने लिखित प्रतिबद्धता गरी छोडिएको अभियानकर्मी बोहराले जानकारी गराए ।
रुद्रमती सफाइको १५२ औ हप्तामा शनिबार बूढानीलकण्ठ नगरपालिकाको भङ्गालपुल–ज्योतिनगर हुदै नीलोपुलसम्मको क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी गराए ।
सफाइमा बूढानीलकण्ठ नगरपालिकाका वडा कार्यालय, वडा नागरिक मञ्चका पदाधिकारीलगायतको सहभागिता थियो । सफाइमा प्रसिद्धी कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो ।
विष्णुमती सफाइको १२५ औं हप्तामा तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसगै सो क्षेत्रका घर घर गई जनचेतना पनि फैल्याइएको अभियानकर्मी विजेन्द्र लामाले बताए ।
विष्णुमती नदीको सफाइमा पूर्वमन्त्री एवं नया शक्ति नेपालकी नेत्री हिसिला यमीले पनि सहभागिता जनाएकी थिईन् । नदी सफाइ गर्दै नेत्री यमीले बाल्यकालमा आफूले विष्णुमतीमा स्नान गरेको सुनाउ“दै पुनः स्नानयोग्य हुने गरी सफाइ गरिनुपर्नेमा जोड दिएकी थिईन् ।
सफाइमा तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्नि अधिकारीले नगरमा क्रियाशील सबै संस्थालाई सहभागी गराएको अभियन्ता लामाले जानकारी दिए ।
यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाइ गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित