FLASH NEWS
  • Loading...

विद्युत चोरलाई छानी छानी कारवाही गरिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२३ पटक पढिएको
Post Thumbnail


उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भएको बताएका छन् ।
पानी, प्रकृति एवं कृषिको क्षेत्रमा काम गर्दै आएको ‘अष्ट ज’ अभियानले सोमबार आयोजना गरेको ‘नेपालको पानी जनताको लगानी, तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई अन्धकारमा राखेर केही सिमित व्यक्ति मोटाएको भन्दै अब यस्ता व्यक्तिलाई कुनै पनि हालतमा कारवाही गर्ने चेतावनी दिए । ‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको छ,’ अब यस्ता विजुली चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने छु ’ उनले भने, ‘हाल बिद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एकएक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिदैन ।’
मन्त्री शर्माले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरण भित्रका भ्रष्टहरुलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने बताए । उनले बिद्युत चोरहरुलाई कार्वाहीको दायरामा ल्याउने पतिवद्धता जनाएका छन् । उनले जलविद्युत आयोजनाको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको जानकारी गराए । मन्त्री शर्माले तीव्र गतिमा काम गर्ने हो भने नेपाल १५ वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका आधार नै जलविद्युत भएको बताए ।
मन्त्री शर्माले विज्ञ र इन्जिनियरबाट देशको विकास सम्भव नभएको विचार व्यक्त गर्दै भने, ‘सम्भाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पा“च वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ? यस्ता सिस्टमलाई सच्याउनै पर्छ ।’
नेपाल र नेपाली जनतास“ग पैसा छैन भन्ने भ्रम हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताउ“दै उनले अनलाइन आवदेनबाट मात्रै दश दिनभित्र दुई अर्ब ५४ करोडको लगानी प्रतिबद्धता आइसकेको जानकारी गराए ।
मन्त्री शर्माले ३० अर्बको प्रतिबद्धता आउनासाथ कुनै नाफामूलक आयोजना सुरु गर्ने सोचाई रहेको बताउ“दै नेपालमा उत्पादित बिजुली कहा“ बेच्ने भनेर कतिपय विज्ञले वाहीयात प्रश्न उनलाई गरिरहेको भन्दै यस्ता खाले ‘केटौले चिन्तन’ले देशको उन्नति हुन नसक्ने धारणा व्यक्त गरे । दश हजार मेगावाट बिजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको बताउ“दै उनले विद्युत् खपतको नभई उत्पादनको चिन्ता गर्न विज्ञलाई सुझावसमेत दिए ।
राजनीतिक नेतृत्वले दृढ संकल्प गरेर योजना बनाउने हो भने डेढ दशकमै नेपाल विकसित मुलुकमा रुपान्तरण हुन सक्ने उनको धारणा थियो । नेपालको पानी, जनताको लगानी नामक कार्यक्रम ‘फास्ट ट्र्याक’बाट मुलुकको विकास सम्भव भएको उनले बताए ।

विद्युत चोरलाई कडा कारबाहीको माग

विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ तथा संगठनले स्वागत गरेका छन् । महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेविप्रा कर्मचारी युनियनल स्वागत गरेको हो ।
प्राधिकरणका कर्मचारीको मिलेमतोमा नै विद्युत् चोरी हुने गरेको तथ्यलाई पुष्टि हुने गरी महानगरीय प्रहरीले आइतबार मात्रै विभिन्न वितरण केन्द्रका कार्यरत कर्मचारीलाई पक्राउ गरेको थियो ।
नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी संगनका महासचिव माधव अधिकारीले प्राधिकरणकै कर्मचारी विद्युत् चोरीमा संलग्न हुनु अक्षम्य अपराध भएकाले कडा कारबाही गर्न र थप अनुसन्धान गर्न आग्रह गरे । उनले संस्थालाई हानिनोक्सानी गर्नेलाई कारबाही गरे मात्रै प्राधिकरणको आर्थिक स्वास्थ्य राम्रो हुने र त्यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा धारणा राखे ।
नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले आफ्नो स्वार्थ पूर्तिका लागि संस्थालाई घाटा पु¥याउन उद्यत तत्वहरु हुनसक्ने भएकाले त्यसको खोजी गरी कारबाही गर्न र प्राधिकरणको हित, उन्नति र प्रगतिमा बाधक रहेको तत्वलाई कडा कारबाही गर्न माग गरे । महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएका प्राधिकरणका कर्मचारी विभिन्न टे«ड युनियनमा आबद्ध रहेको पाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित