FLASH NEWS
  • Loading...

चिकित्सकको लापर्बाही, सुत्केरीको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९५ पटक पढिएको
Post Thumbnail

धनुषामा चिकित्सकको लापर्बाहीका कारण सोमबार एक सुत्केरीको मृत्यु भएको छ ।
अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ ।

जनकपुर अञ्चल अस्पतालको अगाडि डा प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो । सर्लाही जिल्ला डुमरिया घर भएको र जनकपुरको पिडारीमा माइती रहेको जिबछीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ ।

अनुगमनका क्रममा पुस २७ गते ४० श्ययाको यो अस्पताल दुई जना नर्सको भरमा अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएपछि स्थानीय प्रशासनले त्यसमा ताला लगाएको थियो । जिल्ला अनुगमन समितिको निर्णयबिना नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले लगाएको ताला खोलिदिएकोे १३ दिनपछि यो घटना हुन गएको हो ।

बजार अनुगमन समिति धनुषाका सदस्य रेणु झाले उक्त निजी अस्पताल सञ्चालनमा आएकाबारेआफुलाई कुनै जानकारी नभएको बताईन् ।
अञ्चल अस्पतालबाट सर्वसाधारणलाई फकाएर निजी अस्पतालमा पु¥याउने बिचौलिया र सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित