FLASH NEWS
  • Loading...

बढ्दो प्रदूषणप्रति चिन्ता गर्दै सातौं जनसार्क सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

 


काठमाडौं- विश्वमा बढ्दो प्रदूषणप्रति चिन्ता गर्दै सातौं जनसार्क सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलन प्रकृति मानव केन्द्रित जनआन्दोलन नेपालको आयोजनामा भएको हो । सम्मेलनको उद्घाटन गर्दै जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले बढ्दो औद्योगिकरणले विश्वको वातावरण बिग्रिदै गएको बताए । ‘प्रकृति मानवकेन्द्रित जनआन्दोलनले जुन कुरा उठाएको छ , यो प्रशंसनीय छ’ उनले भने- यसमा मन्त्रालयको सहयोग रहनेछ ।’ सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भुटानका  प्रतिनिधिहरुको सहभागिता छन् । सम्मेलन बुधवासम्म चल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित