FLASH NEWS
  • Loading...

जलविद्युतमा करिब तीन अर्बको प्रतिबद्धता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराको साथ सुरु भएको जलविद्युत कार्यक्रममा हालसम्म दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको हो ।
ऊर्जा मन्त्रालयले अगाडि सारेको यो कार्यक्रममा धेरैले चासो देखाएका छन् । मन्त्रालयका अनुसार, हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् । यसैविच, जलविद्युतमा आन्तरिक उत्पादन ह्वात्तै बढ्यो छ । सरकारले चालु आवमा २०० मेगावाट विद्युत् थप गर्ने लक्ष्यका साथ अगाडि बढाएको कार्ययोजनाअनुसार हालसम्म ११२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आन्तरिक उत्पादनलाई बढावा दिने र संकट टार्नका लागि मात्रै तत्काल भारतबाट विद्युत् आयात गरिएको भन्दै सरकारले निर्माणका क्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नसमेत आग्रह गरेको छ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ३७ बु“दे कार्ययोजनामा निर्माणका क्रममा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न गरेको आग्रहअनुसार उनीहरुलाई थप सहजीकरणसमेत गरिरहेको छ । चालु आवमा निजी लगानीबाट कुल १५ आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १४२ मेगावाट बिजुली थप हुने क्रममा रहेको छ । पछिल्लो पटक पा“चथरमा आयोजनास्थल रहेको हेवा ‘ए’ आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि चालु आवको हालसम्म मात्रै ११२ मेगावाट प्राधिकरणले केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ती सबै आयोजना सम्पन्न भएपछि आन्तरिक रुपमा विद्युत्को जडित क्षमता ९९० मेगावाट पुग्नेछ ।
पछिल्लो १० वर्षमा उत्पादन हुन नसकेको विद्युत् चालु आवमा उत्पादन हुने भएपछि त्यसले मुलुकको ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । १४४ मेगावाट क्षमताको मध्य मस्र्याङ्दी निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा सबैभन्दा ठूलो आयोजनाका रुपमा माथिल्लो मस्र्याङ्दी ५० मेगावाट जोडिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हाल मुलुकभरको विद्युत् माग एक हजार २६० मेगावाट रहेको छ । हिउ“दको समयमा बढी विद्युत् माग हुने भए पनि नियमित रुपमा विद्युत् उपलब्ध गराइएका कारण माग सोचेभन्दा कम मात्रै बढेको प्राधिकरणको विश्वास छ । प्रणालीमा ३७५ मेगावाट अपुग रहेको छ । औद्योगिक करिडोरमा सा“झको समयमा विद्युत्भार कटौती गर्नुपरेको छ । भारतबाट आयात गरिएको विद्युत् खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत काठमाडौ“ आयात गरिएका कारण काठमाडौ“ उपत्यकाको ‘लोड’ व्यवस्थापनका लागि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।
माग र आपूर्तिमा ३८० मेगावाट अपुग भए पनि सरकारले आधारभूत रुपमा मुलुकभर नै विद्युत्भार कटौती अन्त्य गरेको छ । प्राधिकरणका आयोजनाबाट ३५०, निजी ऊर्जा उत्पादकबाट १८० र भारतबाट ३५५ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । यही माघको १७ गतेबाट भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएपछि आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गर्न थप सहज हुने प्राधिकरणको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित