FLASH NEWS
  • Loading...

पत्रकार महासंघ काठमाडौंमा विवाद

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail


नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा नया सदस्यता विवाद देखिएको छ ।
महासंघ केन्द्रले आह्वान गरेअनुसार नया“ सदस्यताका लागि कुल पा“च सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः अध्ययन थालेको छ ।
सोही विषयमा केही नया आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकृटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुदा पत्रकारिताका केही संगठनले कार्यालय तोडफोडको प्रयास भएको जनाएका थिए । जिल्ला शाखाहरूको अधिवेशन घोषणा गरिसकेको महासंघ केन्द्रले यसै साता देशभरका शाखाका नया“ सदस्यता र नवीकरणबारे टुगो लगाउदैछ ।
शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पु¥याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताए । उनले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन सबैको भूमिका हुने बताउ“दै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरू लागिपरेको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित